हस्तकला मेलामा आठ करोड रुपैयाँ बराबरको कारोबार

२०७८ मङ्सिर ५ आइतबार २३:३०:०० मा प्रकाशित

काठमाडौं । १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासङ्घद्वारा काठमाडौँको ह्यात होटेलमा आयोजित तीन दिनसम्म चलेको मेलामा करिब आठ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।

कार्यक्रमको समापनमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाली हस्तकलाको विदेशमा राम्रो माग भएको भन्दै हस्तकला क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार लाग्ने बताए ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’ले यस्ता मेलाले नेपाली हस्तकलाको प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले निर्यात व्यापार र रोजगारी सिर्जनाका साथै देशको कलासंस्कृतिको संरक्षण संवद्र्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

 

ताजा खबर