कोरोना संक्रमणबाट एक जनाको मृत्यु, ३७० जना संक्रमणमुक्त

२०७८ मङ्सिर ५ आइतबार १६:३३:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८१९०१९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८००३५९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४९६ पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ७१६४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

ताजा खबर