चीनद्वारा म्यानमारलाई कोरोना विरुद्धको १० लाख डोज खोप सहयोग

२०७८ मङ्सिर ५ आइतबार १३:३९:०० मा प्रकाशित

म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पछिल्लो पटक १० लाख मात्रा यो खोप पठाएको म्यानमारको सूचना मन्त्रालयले जानकारी दिएको छ ।

चीन सरकारले अनुदानमा दिएको खोप शनिबार म्यानमारको यांगुन पुगेको मन्त्रालयले जानकारी दिएको छ । यहाँ पछिल्लो पटक कोरोनाको प्रभाव पहिलेको भन्दा केही बढेको देखिएको अधिकारीहरुले जनाएका छन् । म्यानमार सरकारले एक करोड भन्दा बढी व्यक्तिलाई कोरोना विरुद्धको खोपको पूर्ण मात्रा दिइएको छ ।

सूचना मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा यहाँका १ करोड ३ लाख नागरिकलाई यो खोप दिइसकिएको छ । यहाँ शनिबार ६२५ जनामा कोरोना संक्रमण भएको बताइएको छ । यो समेतगरी म्यान्मारमा पाँच लाख १७ हजार ३९५ जनामा भाइरसको संक्रमण देखिएको छ । यहाँ गएको २४ घन्टामा २४ जनाको संक्रमणबाट निधन भएको छ । म्यान्मारमा भाइरसबाट अहिलेसम्ममा १९ हजार भन्दा बढीको ज्यान गएको छ ।

ताजा खबर