खोपका कारण बंगलादेशमा डेढ वर्षपछि कोभिड संक्रमणबाट मृत्यु शून्यमा

२०७८ मङ्सिर ५ आइतबार १२:५१:०० मा प्रकाशित

बंगलादेशमा करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । ।स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बंगलादेशमा शनिबार कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु नभएको जानकारी दिएका हुन् ।

अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलो पटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको हो । यहाँ सन् २०२० को मार्च १८ मा कोभिडका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको थियो ।

त्यसयता यहाँ कोभिडबाट मृत्यु नभएको दिन थिएन । गत अप्रिल ३ मा पनि एकजनाको ज्यान गएको थियो । त्यसयता हरेक दिन नागरिकको मृत्यु भएको छ । तर पछिल्ला केही समयमा भने यहाँ कोरोनाको असर केही घटेको पाइएको छ ।

अधिकारीहरुले यहाँ ठूलो संख्याका नागरिकलाई खोप लगाइएको र बंगलादेशको सरकारले अपनाएको स्वास्थ्य मापदण्डका कारण यहाँ कोरोनाको प्रभाव घट्दै गएको हो । यहाँ पछिल्लो केही महिनामा यो भाइरसको संक्रमण हुने दर र मृत्यु दर पनि घटेको पाइएको छ । यहाँ शनिबार भन्दा अघिल्लो दिनसम्म पनि कोरोनाबाट मृत्यु त भएको छ र तर निकै थोरै संख्यामा र कुनै दिन एकजना मात्रको पनि कोभिडबाट निधन हुने गरेको छ ।

ताजा खबर