ए डिभिजन लिगमा थ्री स्टारको विजयी सुरुवात

२०७८ मङ्सिर ४ शनिबार २०:३१:०० मा प्रकाशित

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा तीन पल्टको विजेता थ्री स्टारले सानदार विजयी सुरुवात लिएको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराउँदै विजयी सुरुवात गरेको हो ।

निशान खड्काले २२ औं मिनेटमा पहिलो गोल गरेपछि राफायल विडियासलले ४४ औं मिनेटमा दोस्रो गोल थपे । अनन्त तामाङ ५८ औं मिनेटमा तेस्रो गोल गरे । च्यालसका लागि विकास मेराग्लिया २६ औं मिनेटमा पेनाल्टीमा गोल गर्न असफल रहे ।

यसअघि आजै भएको पहिलो खेलमा हिमालयन शेर्पा र संकटाले १–१ को बराबरी खेले । संकटा लक्ष्मण रुचालको गोलले ५० औं मिनेटमा अग्रता लिएको थियो । हिमालयनबाट तर्फबाट त्रिदेव गुरुङले ६४ औं मिनेटमा बराबरी गोल फर्काए ।

ताजा खबर