सोमालियामा साउदी अरबले पुनः दूतावास खोल्ने

२०७८ मङ्सिर ४ शनिबार १४:४८:०० मा प्रकाशित

साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास फेरि खोल्ने गर्ने घोषणा गरेको छ । साउदी अरबका विदेश मन्त्रीले दूतावास पुनःसञ्चालन गर्ने बारेमा सोमालिया सरकारसँग मिलेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

सोमालियाको राजधानी मोगादिशुमा साउदी अरबको दूतावास पूनःखोलिने भएको हो । आपसी सहयोग र सम्वन्ध बढाउनुका साथै साझा चासो र दुई पक्षीय हितका बारेमा सहकार्य गर्न दूतावास पूनःखोल्ने निष्कर्षमा पुगिएको अधिकारीको भनाइ छ ।

दूतावास पुनःसञ्चालनमा ल्याउने र आपसी सम्वन्ध र सहकार्यलाई बढाउने बारेमा छलफल गर्न साउदी अरबको टोलीले गत जुनमा सोमालियाको भ्रमण गरेको थियो । साउदी अरबले सन् १९९१ मा सोमालियामा रहेको आफ्नो दूतावास बन्द गरेको थियो ।

सोमालियामा त्यति बेला भएको आन्तरिक युद्धलाई कारण देखाउँदै साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गरेको थियो ।

 

ताजा खबर