काङ्ग्रेस र एमालेवीचको वृहत प्रजातान्त्रिक सहकार्यको पक्षमा

२०७८ मङ्सिर ४ शनिबार १२:०७:०० मा प्रकाशित

१. राजा  गद्दीमा छैनन् ।
देश त सिङ्गै छ,  तर राष्ट्र सग्लो छैन ।
 राष्ट्र र प्रजातन्त्रलाई  अराजकताको तुरुङ्मा हालिएको छ ।

२. किन   काङ्ग्रेस  सत्तामा बस्दा पनि कमजोर छ र विपक्षमा हुँदा पनि कमजोर छ – प्रश्नको उत्तर खोज्नु पर्दछ काङ्ग्रेसले   ।
काङ्ग्रेस कमजोर भएको  अवस्थामा राष्ट्र र प्रजातन्त्रकोलागि एमाले कमजोर हुनुहुन्न भन्ने मेरो मान्यता हो !
टाढा जानु परेन, २०६२–६३ पछि एमाले कमजोर हुँदा काङ्ग्रेस बलियो थियो ?
काङ्ग्रेस कमजोर हुँदा एमाले बलियो भयो त ? 
त्यसैले काङ्ग्रेस  र एमाले  राष्ट्र र प्रजातन्त्रको मात्र होइन, एक अर्काको पनि बल र भर बन्नु पर्दछ ।
काङ्ग्रेस कमजोर हुँदा राष्ट्र, प्रजातन्त्र र स्वयम् एमालेको प्रजातान्त्रिक छवि, व्यक्तित्व मात्र नभएर उसको सांगठानिक शक्तिको  धरातल पनि मजबूत रहन सक्दैन । 
दुइटा स्थापित प्रजातान्त्रिक दलले परस्पर  स्वस्थ्य प्रतिष्पर्धा गर्दा पनि एकले  अर्कोलाई अझ बढी प्रजातान्त्रिक र उत्तरदायी बनाउन सक्छन् ।
सहकार्य गर्दा पनि त्यो उपलव्धि प्राप्त हुन्छ ।

३.  अन्य राजनीतिक दलहरूको हकमा कति त दल नै बन्न सकेका छैनन् र कतिपयको प्रजातान्त्रिक विश्वसनीयता  नै स्थापित हुन सकेको छैन ।
राष्ट्रबारे अन्यौल मै छन् ।
 त्यस अवस्थामा हाम्रो जस्तो मुलुकमा एक्लै काङ्ग्रेस  र  एमालेले राष्ट्र र प्रजातन्त्रको दायित्व र भार बोक्न सक्दैनन्  ।
देशमा काङ्ग्रेस  एमाले विरोधी  र प्रजातन्त्र विरोधी शक्ति नै बलियो  हुन्छ ।
अहिले भएको र गराउन खोजिएको पनि त्यही हो ।
अर्को उत्तिकै बलियो प्रजातान्त्रिक शक्तिकै अनुपस्थितिका कारण मुलुकले सात शालदेखि आजसम्म प्रजातान्त्रिक स्थीरता प्राप्त गर्न सकेन ।

४. त्यसैले आगामी चुनावमा चुनावी तालमेल भए काङ्ग्रेस  र एमालेको वीचमा हुनुपर्दछ !
दलको आकार नै लिन नसकेका र परिचय नै नभएकादलहरूसँग जोडिएर सरकार बनाउन त सकिएला तर राष्ट्र बनाउन र जनतालाई गतिलो सेवा दिन सकिन्न ।  
हा हा मै जाने हो समय !
त्यस्तो एकताकोलागि आवश्यक पृष्ठभूमि निर्माणकालागि काङ्ग्रेसका सरकारी भूमिकामा नरहेका केन्द्रीय  नेताले गृहकार्य गर्न शुरू गर्नुपर्दछ र  एमाले र काङ्ग्रेसको महाधिवेशन लगत्तै  त्यसले एउटा ठोस स्वरूप ग्रहण गर्नु पर्दछ !
महाधिवेशनमै त्यो आवाजलाई  सशक्तरूपमा उठाइनु पर्दछ ।

५. दुइटा प्रमुख प्रतिद्वन्द्वी दलवीच त्यस्तो सहकार्य हुन सक्दैन भन्नेहरू राष्ट्र, प्रजातन्त्र र स्वयम् काङ्ग्रेसको  दीर्घकालीन हीतमा सोचिरहेका छैनन् ।
हिजो यसै भनेर तिनले मुलुकलाई लथालिङ्ग बनाएका हुन् ।
नेताले यस पक्षमा उभिने साहश नगरे कार्यकर्ता बोल्न थाल्नु पर्दछ ।
त्यो बोल्न नसकेकैले सिंहदरवार भित्र बस्नेको स्वार्थ र जनताको स्वार्थ एकै ठाउँमा हुन छोडेको धेरै भयो ।


लेखकको फेसबुकबाट ।

ताजा खबर