नेपाली राष्ट्रिय महिला फूटबल टोलीले ‘फोर नेसन्स कप’मा सहभागिता जनाउने

२०७८ मङ्सिर ३ शुक्रबार १७:२२:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फूटबल टोलीले ‘फोर नेसन्स कप’मा सहभागिता जनाउने भएको छ । आगामी महिना डिसेम्बरमा हुने कपमा महिला फूटबल टोलीले सहभागी जनाउने अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको हो ।

प्रतियोगिता डिसेम्बर ९ देखि २१ सम्म भारतमा आयोजना हुनेछ । नेपाल बाहेक अन्य सहभागी राष्ट्रको बारेमा एन्फाले कुनै जानकारी दिएको छैन । महिला टोलीले पछिल्लोपटक एएफसी महिला एसिया कप छनोटमा सहभागिता जनाएको थियो ।

ताजा खबर