“सङ्गलो यो मन “मा नायिका नन्दिता केसी अभिनय

२०७४ पौष ३ सोमबार १५:२८:०० मा प्रकाशित


नेपाली चलचित्र कि अभिनेत्री नायिका नन्दिता केसी लगायत अन्य कलाकार सहितलाई समेट्दै  अमेरिकाको एटलान्टा को जर्जिया बाट रिदम स्क्रिन क्रिएसन ले “सङ्गलो यो मन “ म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
डिसेम्बर १६ मा उक्त भिडियो अमेरिकाकामा छायाँकन आरम्भ गरिएको हो ।
रिदम स्क्रिन क्रिएसनले उक्त “सङ्गलो यो मन “ नयाँ नेपाली गीतको भिडियो डिसेम्बर १७ तारिख देखि मात्र आधिकारिक रुपमा सार्बजनिक गर्ने जानकारी दिएको छ । नायिका नन्दिता केसी तथा भानु तिवारी(देवजन )ले उक्त म्युजिक भिडियोमा मुख्य अभिनय गरेका हुन् । किरण गजमेर तथा टीका लामिछान बाट स्वरले सज्जित भएको उक्त म्यूजिक भिडियोको शब्द भने मनिष अधिकारीको हो त्यसै गगी संगीत व्यवस्थापन कमल राईले गरेका हुन् । भिडियोको निर्देशन कमल राई तथा भुवन रनपाल को रहेको छ भने छायांकन (क्यामरा )सुरेन्द्र मान सिंहको रहेको छ ।
 

ताजा खबर