रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको पुटिनको भनाई

२०७८ मङ्सिर ३ शुक्रबार १३:३०:०० मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको बताएका छन् । दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा भने, “हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौं ।“

उनले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरराज्यीय सहयोगको नमुनाका रूपमा काम गरेको बताए । राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले “खुल्ला रूपमा मस्को र बेइजिङको बीचमा फाटो ल्याउने प्रयास गरिरहेको“ समेत टिप्पणी गरेका छन् । “हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौं,“ उनले भने ।
 

ताजा खबर