हेलो सरकार अब कल सेन्टर

२०७४ पौष ३ सोमबार १४:५६:०० मा प्रकाशित

 

पुस ३, काठमाडौँ । 
सर्वसाधारणकाे गुणासेालाई व्यवस्थित ढंगले सम्बोधन गर्न प्रविधिकाे प्रयाेग पनि गर्दै अाएकाे छ । त्यसैकाे निरन्तरता हाे हेलाे सरकार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर पनि यही मंसिर २८ गतेदेखि  कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिनुभयो । कागजविहीन र छिटो छरितो गुनासो सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको उहाँले बताउनुभयो । 
११११ मा फोन डायल गरी कलसेन्टरमार्फत गुनासो राख्न सकिने छ । यस्तो सूचनालाई चाँडो भन्दा चाँडो सम्बन्धित निकायमा गुनासो पु¥याउने छन् । कल सेन्टरमा गुनासोहरु रेकर्डसमेत हुने भएकोले जो कोहीले पनि जिस्किएर हेलो सरकारको ११११ नम्बरमा फोन नगर्ने कर्मचारी रुपक अर्यालले बताउनुभयो ।  बिहान ७ देखि साँझ ९ बजेसम्म प्रत्येक दिन कल सेन्टरबाट कर्मचारीले गुनासो लिने गरेका छन् । 
 

ताजा खबर