चीनमा सुँगुरको डेढ किलो मासु र साढे तीन किलो प्राउन खाने व्यक्तिलाई रेस्टुराँमा प्रतिबन्ध

२०७८ मङ्सिर ३ शुक्रबार ११:१७:०० मा प्रकाशित

इन्टरनेटमा आफूले खानेकुरा खाएको प्रत्यक्ष प्रसारण गर्ने एक चिनियाँ व्यक्तिलाई एउटा रेस्टुराँले प्रतिबन्ध लगाएको छ । काङ नामले चिनिने ती पुरुषले दुई पटक खाएपछि निश्चित पैसा तिरेर पेटभरि खान पाइने हान्डाडी सीफूड बीबीक्यू बफे रेस्टुराँले प्रतिबन्ध लगाएको बताएका हुन् ।

उनले पहिलो पटक डेढ केजी सुँगुरको मासु र दोस्रो पटक साढे तीनदेखि चार केजी प्राउन खाएको बताएका छन् । काङले सो रेस्टुराँले धेरै खाने मानिसप्रति भेदभावपूर्ण व्यवहार गरेको बताएका छन् । उनले आफूले धेरै आएपनि खानेकुरा खेर नफालेको बताएका छन् । तर रेस्टुराँका मालिकले काङले आफूलाई टाट पल्टाउने बताए ।

उनले भने,‘उनी भटमासको दूध पनि २०–३० बोतल पिउन सक्छन्। सुँगुरको मासु खाँदा पूरै ट्रे नै सक्छन्। प्राउन खाँदा अन्य मानिसले चिम्टीले च्यापेर निकाल्छन्, उनी चाहिँ ट्रे नै लिन्छन्।’ उनले आफ्नो रेस्टुराँमा इन्टरनेटमा प्रत्यक्ष प्रसारण गर्दै खाने सबैलाई प्रतिबन्ध लगाएको बताए । काङको यो विवरण चिनियाँ सोशल मिडियामा चर्चित भएको छ। यसको भिडियोलाई २५ करोड पटक हेरिएको छ भने मानिसहरूले विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन्।

ताजा खबर