धनुषामा ट्याक्टर दुर्घटना भूत मेला हेर्न आएका दुई जनाको मृत्यु

२०७८ मङ्सिर ३ शुक्रबार १०:२९:०० मा प्रकाशित

धनुषा । ट्याक्टर दुर्घटना हुँदा धनुषामा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति विदेह नगरपालिका–७ बेलापट्टी सडकखण्डमा ट्याक्टर पल्टिएको हो । दुर्घटनामा परी भारतको विहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ ।

दुर्घटनामा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्याक्टर अभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो ।

उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमलाखोलाको भूत मेला हेर्न तथा स्नानका लागि आउँदै थिए । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरु सबै भारतीय छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
 

ताजा खबर