रोशन अधिकारीको ’रित्तो रित्तो’

२०७८ मङ्सिर २ बिहीबार २३:३२:०० मा प्रकाशित

काठमाडौं । द डिभाईन म्यूजिकको प्रस्तुतीमा रहेको नेपाली गीत ’रित्तो रित्तो’को भिडियो सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दिग्गज धौलारीको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतमा रोशन अधिकारीको स्वर रहेको छ । पाँच महिना अगाडि मुस्ताङका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा नायिका पुजा शर्मा र गायक अधिकारीको अभिनय रहेको छ । भिडियोका निर्देशक विधान कार्की हुन् भने उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

 

ताजा खबर