कोरोना संक्रमणबाट ६ जनाको मृत्यु, २६० जना संक्रमणमुक्त

२०७८ मङ्सिर २ बिहीबार १६:११:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २७२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८१८३०७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९९१७६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४८९ पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ७६४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर