सुडानमा सैनिक कु विरुद्ध भएको प्रदर्शनमा कम्तिमा १५ जनाको मृत्यु

२०७८ मङ्सिर २ बिहीबार १५:०६:०० मा प्रकाशित

सुडानी सुरक्षा बलले बिहीबार बिहान राजधानी खार्तुममा ब्यारिकेडहरू लगाएका दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

उत्तरी खार्तूममा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ जहाँ प्रदर्शनकारीहरूले रातभरि विरोध प्रदर्शन जारी राखेका थिए । गत महिना सेनाले कब्जामा लिएपछि कू विरोधी बुधबारको प्रदर्शन सबैभन्दा घातक र आक्रामक देखिएको बताइएको छ ।

चिकित्सकहरूले जनाएअनुसार बुधबारको प्रदर्शनमा कम्तीमा १५ जना प्रदर्शनकारीको मृत्यु भएको र तीमध्ये अधिकांश उत्तरी खार्तुममा थिए ।

ताजा खबर