अमेरिकी सहायक विदेशमन्त्रीद्वारा शिक्षण अस्पतालमा खोप केन्द्रको अवलोकन

२०७८ मङ्सिर २ बिहीबार ११:०४:०० मा प्रकाशित

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी ब्यूरो हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर खोप केन्द्रको अवलोकन गरेका छन् ।

तीन दिने नेपाल भ्रमणको क्रममा रहेका सहायकमन्त्री लुले बिहीबार बिहान शिक्षण अस्पताल पुगेर कोभिडविरुद्धको फाइजर खोप केन्द्रको अवलोकन गरेका हुन् । सो अवसरमा सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरे । खोपकेन्द्र अवलोकन गर्न स्वास्थ्यमन्त्री विरोध खतिवडा, नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी  बेरी लगायत सहभागी थिए ।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सरकारले नेपाललाई कोभिडविरूद्धको १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन र १ लाख ६२० डोज फाइजर खोप यस अघिनै उपलब्ध गराइसकेको छ ।

ताजा खबर