दाङको बङ्गलाचुलीमा डोजर पल्टिँदा चालकको मृत्यु

२०७८ मङ्सिर २ बिहीबार ०८:५२:०० मा प्रकाशित

दाङ । दाङको बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गरेका बेला बिहीबार बिहान डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ ।

सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् । बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो

ताजा खबर