अर्मेनीया र अजरबैजानबीचको भीडन्त अन्त्य

२०७८ मङ्सिर १ बुधबार १८:२८:०० मा प्रकाशित

अर्मेनीया र अजरबैजानबीचको भीडन्त अन्त्य भएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ । रुसको मध्यस्ततामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौता अनुसार सीमा क्षेत्रमा भएको भीडन्त अन्त्य भएको हो ।

अर्मेनीयाको पूर्वीसीमा क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका ६.३० बजेदेखि भीडन्त अन्त्य भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेभसाइटमा उल्लेख भएअनुसार युद्ध बिराम सम्झौता भइ युद्ध अन्त्य भएपछि घटनास्थलको अवस्था सामान्य रहेको जनाइएको छ । पछिल्लो भीडन्तका क्रममा अर्मेनीयाका एक सैनिकको मृत्यु भएको पनि अधिकारीले पुष्टि गरेका छन् ।

घटनास्थलमा सुरक्षा कारबाही रोक्ने सम्झौतामा रुस, अजररबैजान र अर्मोनीयाका उच्च अधिकारीले सहमति जनाएका हुन् । सीमा क्षेत्रका भूमिलाई लिएर दुई देशबीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । विवाद बेला बेलामा साम्य हुँदै बल्झिदै आउने गरेको छ । द्वन्द्वका कारण धेरै धनजनको क्षति पनि भएको छ ।

ताजा खबर