आतंककारी हमलामा बुर्किनाफासोमा २८ सैनिकको मृत्यु

२०७८ कार्तिक ३० मंगलबार १५:१३:०० मा प्रकाशित

बुर्किनाफासोमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । हमलामा परी २८ जना सैनिक मारिएका सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

आइतबार र सोमबार भएका ती हमलामा परेर २८ जना सैनिक र अरु चार जना सर्वसाधारण नागरिकको ज्यान गएको हो । बुर्किनाफासोको सोउम प्रान्तको इनातामा आतंककारीले सैनिकमाथि हमला गरेका थिए ।

आइतबारको हमलामा २० जनाको ज्यान गएको थियो भने सोमबार थप १२ जना मारिएका बुर्किनाफासो सरकारका प्रवक्ता ओसेनी ताम्बुराले जनाएका छन् । उनका अनुसार सो क्षेत्रमा आतंककारीहरुले पछिल्लो समयमा बारम्बार हमला गर्ने गरेका छन् ।

ताजा खबर