इटाली संकटमा

२०७८ कार्तिक ३० मंगलबार १०:३३:०० मा प्रकाशित

इटालीले कतार विश्वकपका लागि सिधै  छनोट हुने सुनौलो अवसर गुमाएको छ ।  गएराति भएको खेलमा इटालीलाई नर्दन आयरल्यान्डले गोलरहित बराबरीमा रोक्यो । यो बराबरीपछि इटाली लगातार दोस्रो पटक फिफा विश्वकपका लागि छनोट नहुने खतरा पनि बढेको छ ।

 जितले विश्वकप पुग्ने स्थितिमा मैदान प्रवेश गरेको युरोपियन च्याम्पियन इटालीविरुद्ध आयरल्यान्डले उत्कृष्ट प्रदर्शन गर्यो ।  अघिल्लो संस्करण पनि इटाली प्ले अफमा स्विडेनसँग पराजित भएपछि रुस विश्वकपमा छनोट हुन असफल भएको थियो ।

जुन सन् १९५८ यता पहिलो पटक इटाली विश्वकप पुग्न सकेन । यसपटक पनि इटालीले प्ले अफका लागि मात्र स्थान बनाउन सक्यो । प्रशिक्षक रोबर्टो मान्सिनीले इटाली विश्वकप पुग्नेमा आशा अझै कायमै रहेको बताएका छन् ।  समुह सी स्विजरल्यान्डले इटालीलाई उछिन्दै विश्वकपमा स्थान बनायो । 
साभारः drishyatv.com

ताजा खबर