चर्चित भारतीय लेखिका मन्नु भण्डारीको निधन

२०७८ कार्तिक २९ सोमबार २२:२७:०० मा प्रकाशित

भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो ।

उनकी छोरी रचना यादवले उन्को निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको उल्लेख गरेकी छन् । स्वर्गीय भण्डारीका आप्का बन्टी, महाभोज, यही सच है लगायतका थुप्रै कृतिहरू अत्यन्त चर्चित छन् । उनको जन्म सन् १९३१ को अप्रिल ३ मा भएको थियो । ९० वर्षको उमेरमा उनको निधन भएको हो ।
 

ताजा खबर