महासंघका पूर्वअध्यक्ष झाको मैथिली ताका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक

२०७८ कार्तिक २९ सोमबार २०:१७:०० मा प्रकाशित

काठमाडौं । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ । काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा झाद्वारा लिखित मैथिलीको पहिलो तांका सङ्ग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक भएको हो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकारद्वय तारानाथ दाहाल र बबिता बस्नेत, साहित्यकार विजेता चौधरी र प्रकाशक दामोदर दवाडीले संयुक्त रूपमा झाको तांका सङ्ग्रह सार्वजनिक गरेका हुन् ।

पत्रकार झा मैथिली साहित्यमा ‘धर्मेन्द्र विह्वल’का नामले स्थापित हुनुहुन्छ । पूर्वअध्यक्ष झाले ११२ तांका लेखिएको उक्त सङ्ग्रहको प्रकाशन नेपालवाणी मिडिया ग्रुप प्रालिले गरेको हो । यसअघि मैथिली तथा नेपाली भाषामा विभिन्न कृति लेखिसकेका झाले मैथिली भाषामा पहिलो पटक तांका सङ्ग्रह प्रकाशन गरेको बताए ।

पत्रकारिताका साथै मैथिली र नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आएका झाको यसअघि मैथिलीमा रास्ता तकैत जिनगी (कविता सङ्ग्रह), एक सृष्टि एक कविता (दीर्घ कविता), एक समयक बात (हाइकु सङ्ग्रह) र धुवाँएल आकृतिसभ (छौक सङ्ग्रह) प्रकाशित भइसकेका छन् । यसैगरी उनका गोनु झाका कथाहरू, कौशलका परिहास, भ्रमरका उत्कृष्ट नाटकहरू, नेपाली मिथक कोष, नेपालीय मैथिली छापा पत्रकारिताको इतिहासलगायत कृति प्रकाशित भइसकेका छन् । 
 

ताजा खबर