कोरोना संक्रमणबाट एक जनाको मृत्यु, २७० जना संक्रमणमुक्त

२०७८ कार्तिक २९ सोमबार १६:४७:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३६७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८१७३३३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९८२७४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४७८ पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ७३११ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

साभारः drishyatv.com

ताजा खबर