रूसद्वारा २०२१ मा १० बिलियन डलर भन्दा बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर

२०७८ कार्तिक २९ सोमबार १५:२२:०० मा प्रकाशित

रूसले कोभिड–१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको सैन्य–प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री शुगाएभले सोमबार बताएका छन् । “महामारीजन्य कठिनाइका बावजुद  हाम्रा साझेदारहरूसँगको अन्तरक्रिया दिगो र रचनात्मक छ। नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै  ५५ बिलियनको स्तरमा पुर्याएकोछ,“ शुगाएभले  भने ।  
 

ताजा खबर