ओखलढुंगामा जिप दुर्घटना, तीन जनाको मृत्यु

२०७८ कार्तिक २९ सोमबार १०:४२:०० मा प्रकाशित

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते छन् । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर गइरहेको जिप सोमबार बिहान दुर्घटना भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतेनीका ३५ वर्षीया मिठुमाया मगर, अन्दाजी १६ वर्षीया तुलसा मगर र खगेन्द्र मगर छन् । दुर्घटनामा परी घाइते भएका १३ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लाने तयारी भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।
 

ताजा खबर