मुस्ताङमा हिमपहिरो

२०७८ कार्तिक २८ आइतबार १४:२४:०० मा प्रकाशित

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ याङ्दान खर्कमा हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्ने क्रममा ७ जना घाइते भएका छन् । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

हिमपहिरोबाट चौंरी गोठमा क्षति पुगेको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली त्यसतर्फ गएको जानकारी दिएका छन् । हिमपहिरो गएको क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढापर्छ ।
 

ताजा खबर