अर्जेन्टिनाद्वारा उरुग्वे एक शून्य गोलले पराजित

२०७८ कार्तिक २८ आइतबार ११:३५:०० मा प्रकाशित

कतार विश्वकप छनोट खेलमा अर्जेन्टिनाले उरुग्वेलाई एक शून्य गोलले पराजित गरेको छ । आइतबार बिहान उरुग्वेको मैदानमा भएको खेलमा अर्जेन्टिनाले लियोनल मेसी  विना सुरुवात गरेको थियो । तर एंजल डि मारियाले खेलको सातौं मिनेटमा गरेको गोलनै अर्जेन्टिनालाई जित दिलाउन पर्याप्त बन्यो ।

छनोटको अघिल्लो खेलमा उरुग्वेले अर्जेन्टिनालाई तीन शून्य गोलले नतिजा सुम्पिएको थियो । तर  आज सुधारिएको प्रदर्शन गरेको उरुग्वेले घरेलु समर्थकको अघि गोलका धेरै अवसर सिर्जना गरेको थियो । तर सफल भएन ।  अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले कहिले कांही मात्र जित हात  पर्ने  र त्यसमा सफल भएको प्रतिक्रिया दिए ।

उनले आज राम्रो नखेलेपनि जित महत्वपूर्ण भएको उल्लेख गरे । उत्कृष्ट डि मारियाको गोलबाट सुरुवाती ६ मिनेटमानै खेलको नतिजा निष्कर्षमा पुगेको थियो ।  लुइस स्वारेजले उरुग्वेका तर्फबाट गोल गर्ने अवसरको सदुपयोग गर्न सकेनन् ।

चोटका कारण फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा पछिल्ला दुई खेल गुमाएर मेसी खेलको अन्तिम १४ मिनेट मैदान प्रवेश गरेका थिए ।  जितसँगै अर्जेन्टिनाले विश्वकप छनोट यात्रा बलियो बनाएको छ ।  तालिकाको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १२ खेलबाट २८ अंक छ । अर्जेन्टिना पछिल्ला २६ खेल यता अपराजित छ ।  छैटौ स्थानको   उरुग्वेको १३ खेलबाट १६ अंक छ ।  दक्षिण अमेरिकी क्षेत्रबाट ४ टिमले सिधै सन २०२२ को कतार विश्वकपमा स्थान बनाउनेछन् । अहिलेसम्म ब्राजिल कतार विश्वकपका लागि छनोट भएको छ ।
 

ताजा खबर