जर्मन चान्सलर मर्केलद्वारा कोभिडविरुद्धको पूर्ण मात्रा खोप लिन आग्रह

२०७८ कार्तिक २७ शनिबार २२:५७:०० मा प्रकाशित

जर्मन चान्सलर एन्जेला मर्केलले कोभिड–१९ विरुद्धको खोपको पूरा मात्रा नलिएका नागरिकहरूलाई सकेसम्म चाँडो खोप लिन आह्वान गरेकी छन् । हाल जर्मनीमा कोरोनाभाइरस संक्रमण दर उच्च रहेको र मृत्युको संख्या पनि बढिरहेको छ ।

मर्केलले आफ्नो साप्ताहिक पोडकास्टमा भनेकी छन्, “यदि हामी सँगै उभियौं, यदि हामीले आफूलाई बचाउने र अरूको हेरचाह गर्ने बारे सोच्यौं भने, हामी यस जाडोमा हाम्रो देशलाई सङ्क्रमणबाट बचाउन सक्छौं।“ चान्सलर मर्केलले अबका दिनहरू थप कठिन रहेको बताउँदै सबैलाई सचेत रहन आग्रह गरेकी छन् ।

जर्मनीको रोग नियन्त्रण केन्द्रले जर्मनीको संक्रमण दर सात दिनमा प्रति १००,००० बासिन्दामा २७७.४ नयाँ सङ्क्रंणमा पुगेको जनाएको छ जुन अघिल्लो दिन २६३.७ थियो । रोबर्ट कोच इन्स्टिच्युटले ४५,०८१ नयाँ संक्रमण रिपोर्ट गरेको छ जुन दुई दिन पछिको दैनिक कुल ५०,००० माथि को पहिलो हो । साथै थप २२८ जना सङ्क्रमितको मृत्युसँगै जर्मनीको कुल सङ्ख्या ९७,६१७ पुगेको छ।

यद्यपि संक्रमण दर अझै केही अन्य युरोपेली देशहरूको तुलनामा यहाँको उच्च छैन । तर पनि जर्मनीमा खतराको घण्टी भने बजाएको छ। निवर्तमान चान्सलर मर्केलले अर्को हप्ता राष्ट्रव्यापी उपायहरू समन्वय गर्न देशका सबै राज्यका गभर्नरहरूसँग भेट्ने योजना बनाएकी छन् ।

साथै यहाँको संसद्ले जाडो याममा कोभिड–१९ नियन्त्रणका निम्ति लागू गर्ने थप प्रतिबन्धका लागि नयाँ कानुनी परामर्श र तयारी गरिरहेको छ । मर्केलले बढ्दो सङ्क्रमण र मृत्यु बारे थप चिन्ता व्यक्त गरेकी छन् । पूर्ण मात्रामा खोप नपाएका र नलिएकाहरूलाई अविलम्ब खोपको व्यवस्थापनमा जुट्न आग्रह गरेकी छन् । साथै खोपको पूरा मात्रा लिएकाहरूलाई बुस्टर लिन समेत आग्रह गरेकी छन् ।

ताजा खबर