कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, ४७८ जना संक्रमणमुक्त

२०७८ कार्तिक २७ शनिबार १६:३२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८१६६७५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९७९२६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४७१ पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ७२७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

साभारः drishyatv.com

ताजा खबर