काठमाडौंको गैरीगाउँबाट पाँच लाख नगदसहित आठ जुवाडे पक्राउ

२०७८ कार्तिक २७ शनिबार १३:५४:०० मा प्रकाशित

काठमाडौं । काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख नगदसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको बेला उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले गए राति उनीहरुलाई पक्राउ गरेको हो । कौडाको खालबाट पाँच लाख ११ हजार ५०० नगदसमेत बरामद गरिएको परिसरले विज्ञप्ति जारी गरी जनाएको छ । उनीहरुको विषयमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।

ताजा खबर