चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच नोभेम्बर १६ मा वार्ता हुँदै

२०७८ कार्तिक २७ शनिबार १२:२६:०० मा प्रकाशित


चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उनीहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान वार्ता हुने भएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङकाअनुसार दुई देशका राष्ट्रतिबीच नोभेम्बर बिहान भिडियो वार्ता हुनेछ । उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गर्ने प्रवक्ता हुवा चुनियाङले जानकारी दिए ।
 

ताजा खबर