कलाकार खोज्दै ‘उल्टो साइकल’

२०७४ पौष २ आइतबार २१:५०:०० मा प्रकाशित

काठमाडौं, २ पुस । विश्व शान्तिको कामना गर्दै ६३ देशमा उल्टो साइकल यात्रा गरिसकेका यात्री वीरेश दाहालको जीवन कथामा आधारित चलचित्र ‘उल्टो साइकल’ का लागि मुख्य तथा अन्य  विभिन्न उमेर समुहका कलाकारहरुको खोजि शुरु भएको छ ।

श्रीराम दाहालको निर्देशनमा बन्न लागेको चलचित्रलाई जीता कटवालले लगानी गरेका हुन । चलचित्रको छायांकन उदयपुर र मेची–महाकाली राजमार्गका विभिन्न स्थान गरिने बताएको छ ।

बीरेशले २०६२ पौष २७ देखि विश्व शान्तिको कामना सहित ‘मेची–काली उल्टो साइकल यात्रा’ शुभारम्भ गरेका थिए ।

विगबुद्ध इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको  चलचित्रको कथा तथा पटकथा निर्देशक दाहालले नै लेखेका हुन् । दाहालले यसअघि बुरहान र लुकामारी जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् ।  आगामी पुस २७ गतेबाट चलचित्रको छायाङ्कन सुरु गरिनेछ ।

ताजा खबर