‘म यस्तो गीत गाउँछु २’ माघ १९ गते प्रदर्शन हुने

२०७८ कार्तिक २६ शुक्रबार २३:०१:०० मा प्रकाशित

काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आगामी माघ १९ गते रिलिज हुने भएको छ । २०७६ साल फागुन ३० मा प्रदर्शनका लागि तयार भएको फिल्म कोभिड महामारीका कारण रिलिज हुन सकेको थिएन ।

चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै यसका निर्देशक तथा निर्माता सुदर्शन थापाले माघको १९ गतेबाट चलचित्र रिलिज हुने जानकारी दिएका हुन् । दर्शकले चलचित्रको प्रतीक्षा गरिरहेको भन्दै उनले प्रेमकथाको चलचित्रलाई प्रेम दिवसको छेको पारेर रिलिज गर्ने तयारी गरेको बताए।

 

 

ताजा खबर