कोरोना संक्रमणबाट तीन जनाको मृत्यु, ३८९ जना संक्रमणमुक्त

२०७८ कार्तिक २६ शुक्रबार १५:५७:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३५५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८१६४१५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९७४४८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४६९ पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ७४९८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

साभार : www.drishyatv.com

ताजा खबर