यी हुन् हरियो आँखा भएका विश्वकै सेक्सी पुरुष 

२०७८ कार्तिक २६ शुक्रबार ११:४३:०० मा प्रकाशित

चर्चित अमेरिकी साप्ताहिक पत्रिका ‘पिपल्स’ ले अमेरिकन अभिनेता तथा लगानीकर्ता पउल स्टेफेन रुदलाई सन् २०२१ को सर्वाधिक यौनिक पुरुषको सूचीमा राखेको छ । 

रुदको जन्म १९६९, अप्रिल ६ मा न्यूजर्सीमा भएको हो । उनले आफ्नो अभिनय सन् १९९१ देखि थालेका हुन् । उनीद्वारा अभिनित करिब साढे पाँच दर्जन चलचित्रहरुमा क्लुलेस, हलोइन ः द कर्स अफ माइकल मेयर्स, रोमियो जुलियट, वेट हट अमेरिकन समर आदि छन् । यस्तै द वास्प, एभेन्जरः इन्डगेम, ह्वाट इफ चर्चित छ । 

वर्ष २०२३ को लागि ‘क्वगान्टुमानिया’ प्रदर्शनमा आउँदैछ । ‘एनबिसी सिटकम फ्र्याण्डस’ जस्ता टेलिभिजन शोमा अभिनय गर्ने क्षमता भएका पउललाई अमेरिकी चलचित्रहरुमा सेक्स अपिल भएका कलाकारको रुपमा चित्रण गर्ने गरिन्छ । 

पउल रुदले आफु वर्षकै सेक्सी पुरुष भएको समाचार सुन्ने वित्तिकै प्रतिक्रया दिए, ‘यो समाचारका कारण मलाई उभिन गाह्रो परेको छ । यो आलोचना भने होइन । यो पुरस्कार मैले मात्र पाएको होइन । वर्ष २०२१ अघि धेरै कलाकारले यो पुरस्कार ग्रहण गरिसकेका छन् ।’

नम्र स्वभाव अनि हरियो आँखा भएका पउल रुदको एप्पल टिभी सिरिज ‘द स्रिङ्क नेक्सट् डोर’ र ‘घोष्टवस्टरः आफ्टर लाइफ’ सार्वधिक चर्चित मानिन्छन् । उनको पारिवारमा श्रीमती जुली, सन्तान ज्याक र डर्बी छन् । 

उनी भन्छन्, ‘मेरो परिवार एक सुखी परिवार हो । म एक पति र पिता हुँ । म सधैं पारिवारीक माहोलमा जीवन बिताउँछु, यही नै मेरो सन्तुष्टि हो ।’
 

ताजा खबर