दाँत दुख्यो ? यसो गर्नुस् 

२०७८ कार्तिक २६ शुक्रबार ११:२४:०० मा प्रकाशित

मानव शरीरमा दाँत सबैभन्दा कडा अंग हो । इनामेल, डेन्टिन र पल्प मिश्रित दाँतले खानेकुरा चपाउँछ । 

दाँत दुख्नु मानिसको अस्वाभाविक क्षण हो । मुखमा व्याक्टेरियाको फैलावटले दाँत विग्रन्छ तथा प्वाल पर्छ । मानिसको दाँत दुखाईको कारण मु्खमा जम्ने तरल पदार्थ नै हो । दाँतमा जम्ने गमका कारण दाँत चिलाउँछ । जसकारण दाँतमा रहेका कोषिकाहरुको मृत्यु हुन्छ । नसाहरु मर्छन्, इनामेल खिइँदै जान्छ । यो सबै हानिकारक व्याक्टोरियाका कारण हुन्छ । 

– दाँत भरिएको ठाँउमा खाली ठाउँ देखिनु ।
– दाँतमा फोडाहरु देखिनु ।
– दाँतको जरामा असर देखिनु ।
– अर्को दाँत पलाउनु ।
– खानेकुरा अड्किनु ।
– मुखमा पानी निस्कने रोग । 
– दाँत फुकाल्दा । 

दाँत दुखाइको घरेलु उपचार 

दाँत दुख्दा दुखेको ठाउँमा वरफ भएको कपडाले सेक्न सकिन्छ । १५ देखि २० मिनेटको सेकाइले दाँतको दुखाईको पिडाबाट मुक्त हुन सकिन्छ । विभिन्न तरल औषधीको छनौट गर्न सकिन्छ । वेन्जोकेन नामक औषधी वयस्कका लागि फाइदाजनक हुन्छ । नूनिलो पानीले कुल्ला गर्दा दाँत सुन्निएकोमा राहत हुन्छ । 

हाइड्रोजन पेरोअक्साइड ओखतीले दाँतमा भएको फोहोर र प्वाल सफा गर्ने अचुक माध्यम हो । जडिबुटीयुक्त चिया दैनिक पिउँदा पनि दाँत फोहर हुनबाट बच्न सकिन्छ । चियामा पाइने एन्टिअक्सीडेन्टले दाँतमा अनुकूल प्रभाव पार्छ । 

ल्वाङको पेष्ट दाँत दुखेको ठाउँमा राख्दा पनि विरामीलाई हलुको हुन्छ । बिहान खाली पेटमा मजाले चपाएर लसुन खाँदा फाइदाजनक नै हुन्छ । लसुनमा पाइने एन्टिव्याक्टेरियल पदार्थका कारण दाँतको दुखाइ कम हुन्छ । 

दाँत दुखाई मरणासन्न रोग भने होइन । दुखाईको ख्याल नराखे मानिस थला पर्छ । साधारण मानिस विरामी नै पर्छ । दाँत दुख्नासाथ दाँतको सफल उपचारको लागि दन्त विशेषज्ञकोमा जान सुझाव दिइन्छ । चिकित्सकको सुझाव, सल्लाह र सुझाएको औषधिले दाँत तन्दुरुस्त राख्न सकिन्छ । 
 
(स्रोतः मेडिकल न्यूज टुडे) 
 

ताजा खबर