कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा. थापालाई

२०७८ कार्तिक २५ बिहीबार २१:४८:०० मा प्रकाशित

कर्णाली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष डा निरेश थापालाई दिएको छ । स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको उपस्थितिमा बिहीबार बसेको मन्त्रिस्तरीय निर्णयले सोही प्रतिष्ठानका शिक्षाध्यक्ष डा थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो ।

मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका उपसचिव प्रकाश अधिकारीले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी निमित्त उपकुलपतिमा जिम्मेवारी दिइएको जानकारी दिए ।

गत मङ्गलबार स्वास्थ्यमन्त्री खतिवडाको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय बैठकले प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई काम काज गर्न रोक लगाएको थियो ।

ताजा खबर