ए डिभिजन लिग मंसिर तीन गतेदेखि सुरु हुने

२०७८ कार्तिक २५ बिहीबार २१:३३:०० मा प्रकाशित

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग चार दिन पर सरेको छ । अखिल नेपाल फुटवल संघ एन्फाले आज लिग सरेको जानकारी दिएको हो । अब लिग मंसिर ३ गतेदेखि सुरु हुनेछ । यसअघि कात्तिक २९ गतेदेखि हुने तालिका रहेको थियो । एन्फाका अनुसार साताको अन्त्यमा मात्र लिगका खेल खेलाइनेछ ।

उद्घाटन खेलमा  सातादोबाटो युथ क्लब र फ्रेन्डस क्लब बीच  प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने  यो खेल साँझ ५ बजे सुरु हुनेछ । ए डिभिजन लिगमा १४ टोलीको सहभागिता रहनेछ । दुई टिम रेलिगेशनमा पर्नेछन् ।  एन्फाले दोस्रो चरणसम्मको खेलको मिति र स्थान सार्वजनिक गरेको छ ।

रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरुवाती दुई चरणका खेल हुनेछन् । त्यसपछि च्यासल मैदान र पोखरामा पनि खेल संचालन गर्ने एन्फाको तयारी छ ।  लिग विजेताले ७५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।  सहभागी सवै टिमले लिगको तयारी पूरा गरिसकेका छन् । मच्छिन्द्र लिगको साविक विजेता टोली हो  । 
साभारः drishyatv.com

ताजा खबर