लाहोर संसारको प्रदूषित शहरको सूचीको शीर्ष स्थानमा

२०७८ कार्तिक २५ बिहीबार १८:१५:०० मा प्रकाशित

अमेरिकाको वायु गुणस्तर मापन संयन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्क अनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित शहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ । पाकिस्तानको शहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो।

त्यसैगरी उक्त सूचीमा कराँची पाँचौं स्थानमा रहेको छ । गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टिभीले जनाएको छ । यसैबीच, पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो प्रदूषित धुवाँले पनि यहाँका अधिकारीहरूलाई चिन्तित पारेको छ।
 

ताजा खबर