पाकिस्तानमा सलमानको ‘टाइगर जिन्दा है’ प्रर्दशनमा रोक

२०७४ पौष २ आइतबार १३:३२:०० मा प्रकाशित

मुम्बई । पाकिस्तान सरकारले सलमान खान अभिनीत फिल्म ‘टाइगर जिन्दा है’ लाई रोक लगाएको छ। पाकिस्तानको प्रसारण मन्त्रालयले फिल्मको केही भागमा आपत्ति जनाउँदै  फिल्ममा रोक लगाएको हो।

पाकितानको सेन्सर बोर्डका प्रमेख मोबशेर हासनले यो फिल्म आफ्नो मुलुकमा प्रदर्शन नहुने पुष्टि गरेका छन् । तीन वर्षअघि इराकमा आइएसआईले ४६ भारतीय नर्सको अपहरण गरेको कथामा फिल्म बनेको छ। २०१४ मा उनीहरु सबैलाई सकुशल मुक्त गरिएको थियो। अपहरित नर्सलाई बचाइएको विषय अहिलेसम्म बाहिर आएको थिएन। ‘टाइगर जिन्दा है’ सोही सत्य घटनामा आधारित रहेको बताइएको छ।

फिल्म डिसेम्बरमा २२ मा प्रर्दशनमा आउँदैछ। फिल्म सन् २०१२ मा आएको ‘एक था टाइगर’को दोस्रो भाग हो । ‘एक था टाइगर’लाई कबीर खानले निर्देशन गरेका थिए भने दोस्रो भागका निर्देशक अली अब्बास हुन्। एजेन्सी
 

ताजा खबर