जलवायु परिवर्तनसम्बन्धी अमेरिका र चीनको घोषणाको राष्ट्रसंघद्वारा स्वागत

२०७८ कार्तिक २५ बिहीबार १४:०२:०० मा प्रकाशित

संयुक्त राष्ट्रसघले अमेरिका र चीनले जलवायु परिवर्तनका क्षेत्रमा गरेको घोषणाको स्वागत गरेको छ । चीन र अमेरिकाले स्कटल्याण्डको ग्लास्गोमा आयोजना गरेको विश्व जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा सहकार्य गर्ने घोषणा गरेका थिए ।
उक्त सम्झौताको संयुक्त राष्ट्रसघका महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका हुन् ।

उनले लेखेका छन्, ‘जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा अमेरिका र चीनले आगामी वर्षहरुमा सहकार्य गर्ने भनी गरेको घोषणाको म स्वागत गर्दछु, यसले विश्वमा नै सकारात्मक परिणाम दिने कुरामा म विश्वस्त छु ।’

हाल सो सम्मेलनको घोषणापत्र तयार भइरहेको छ । त्यसमा भएका सहमतिहरुमा धनी देशहरूलाई गरिब राष्ट्रहरूका लागि सहयोग बढाउन प्रोत्साहन गर्ने बताइएको छ ।उक्त सम्मेलनको सहमतिको मस्यौदा जलवायु परिवर्तनका प्रभाव कम गर्ने कार्यका लागि सहयोग पुग्नेगरी तयार गरिएको बताइएको छ ।

खासमा ती सम्झौताहरुमा अनुकूलन र आर्थिक पाटोमा केन्द्रित रहने पनि बताइएको छ । जलवायु परिवर्तनको असर धनी राष्ट्रहरुका कारण उत्पन्न भएको भनिएको छ तर पनि गरिब राष्ट्रहरूलाई धनी राष्ट्रहरूले पर्याप्त योगदान नगरेका कारण यसको प्रभाव कम हुन नसकेको बताउने गरिएको छ ।
 

ताजा खबर