चीन र अमेरिकाबीच जलवायु सहकार्यलाई तीव्रता दिने सहमति

२०७८ कार्तिक २५ बिहीबार ०९:१३:०० मा प्रकाशित

चीन र अमेरिकाले ग्लास्गोमा आयोजित कोप२६ जलवायु सम्मेलनमा आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति गरेका छन् । विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्ना कामलाई तीव्रता दिने उल्लेख गरिएको संयुक्त वक्तव्य जारी गरेका छन् ।

वक्तव्यले पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न उनीहरूको सहकार्यको दृढ बाचालाई स्मरण गरेको जनाएको छ । उनीहरूले उक्त लक्ष्य भेट्नका लागि रहेका उल्लेख्य खाडलहरू पुर्ने प्रयासहरू बढाउने बताएका छन् । चीनका मुख्य जलवायु वार्ताकार सी जिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा चीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेको बताएका छन् ।

पछिल्ला १० महिनामा झण्डै ३० भर्चुअल बैठकहरू गरेपछि त्यस्तो वक्तव्य आएको बताइएको छ । चीनका मुख्य जलवायु वार्ताकार सी जिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा चीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेको बताए ।

जुन गतसाता राष्ट्रपति बाइडन र चिनियाँ राष्ट्रपति ग्लास्कोमा नआएर जलवायु सङ्कटबाट भागेको भन्ने अभिव्यक्तिसँग अमिल्दो देखिन्छ । अमेरिकी जलवायु मामिला दूत जोन केरीले अमेरिका र चीनबीच असहमतिका अभाव नभएको तर जलवायुमा सहकार्य मात्रै यो काम गर्ने एकमात्र बाटो भएको बताए ।

यसैसाताको सुरुमा एउटा हानिकारक हरितगृह ग्यासको उत्सर्जन सीमित पार्ने झण्डै १०० अन्य देशहरूले गरेको संयुक्त सहमतिमा सहभागी हुन चीनले अस्वीकार गरेको थियो ।

त्यसको साटो चीनले मिथेनको समस्यासँग जुझ्न राष्ट्रिय योजना बनाउने वाचा गरेको थियो । यसले अर्को साता बाइडन–सीबिच हुने एउटा भर्चुअल सम्मेलनको लागि समेत ब्रिग्रिरहेको अवस्थाबीच एकखाले माहोल बनाएको बताइएको छ।

ताजा खबर