पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०७८ कार्तिक २४ बुधबार २०:३७:०० मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम संचालक समितिको बैठकले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

यससँगै पेट्रोलको मूल्य उपत्यकामा प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजेलको मूल्य ११९ रुपैयाँ पुगेको छ । यसैगरी निगमले ग्यासको मूल्य पनि बढाएको छ । निगमले एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ मूल्य बढाएको हो । यससँगै उपत्यकामा अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको छ ।

ताजा खबर