नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफ विवाह बन्धनमा

२०७८ कार्तिक २४ बुधबार ११:२४:०० मा प्रकाशित

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई बर्मिंङहममा आयोजित इस्लामिक समारोहमा आफ्ना प्रेमी असर मल्लिकसँग विवाह बन्धनमा बाँधिएकी छन् ।

२४ वर्षीया मलालाले मंगलबार विवाह गरेकी हुन् । महिला तथा बालिका अधिकारकर्मी मलालाले निकाह जीवनकै महत्वपूर्ण दिन भएको बताएकी छन् । सन् २०१२ मा तालिवानले टाउकोमा गोली हानेपछि वेस्स मिडल्याण्डमा शरण लिएकी लिएकी थिइन् । १७ वर्षमा उनी नोबेल पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति बनिन् ।

पछि उनी अध्ययनका लागि अक्सफर्ड विश्वविद्यालय गइन् र एकजना अग्रणी मानवअधिकारकर्मी बनिन् । मलालाले ट्वीट गर्दै असरसँग आफूले जीवन साथीका रुपमा बाँधिएको बताएकी छन् । बालिका शिक्षाका बारेमा वकालत गरेको भन्दै मलाला अझै पनि तालिवानको निसानामा रहेकी छन् ।

ताजा खबर