मुक्तिनाथ क्यापिटलको साधारणसभा सम्पन्न

२०७८ कार्तिक २३ मंगलबार २३:१०:०० मा प्रकाशित

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारणसभा मंगलबार क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ । कमलादी काठमाडौंमा सम्पन्न भएको विशेष साधारणसभाले प्रस्तावित १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको पुँजि वृद्धि भई .४०.५० करोड पुग्नेछ । 

यस मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धीसेवाहरु प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले यस आर्थिक बर्ष देखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु तथा समेत संचालनगर्ने योजना रहेको जनाएको छ । त्यसैगरी यसै आर्थिक बर्ष भित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना ब्यबस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना समेत रहेको छ । 

ताजा खबर