राष्ट्रसंघद्वारा इराकी प्रधानमन्त्रीको हत्या प्रयासको निन्दा

२०७८ कार्तिक २३ मंगलबार १३:५४:०० मा प्रकाशित

इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको हत्या प्रयासको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषदले हत्या प्रयासको कडा शब्दमा निन्दा गरेको हो ।

गत आइतबार इराकी प्रधानमन्त्री कादिमीको निवासमा ड्रोन हमला भएको थियो । प्रधानमन्त्रीलाई हत्या गर्ने उद्देश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ । पछि इराकी सरकारले गरेको अनुसन्धानबाट उनको हत्याका लागि ड्रोन हमला भएको खुलेको छ । बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेका छन् ।

इराकी सेनाले जनाएअनुसार आक्रमणमा प्रधानमन्त्रीका केही अंगरक्षक घाइते भएका जानकारी गराएको छ । प्रधानमन्त्री अल कादिमीले आफू सुरक्षित रहेको भन्दै देशमा शान्ति कायम गर्न र सबै संयमित रहन पनि अपील गरेका छन् ।

ताजा खबर