हरेक दिन २० वटा नयाँ दाँत पलाउने अनौठो माछा

२०७८ कार्तिक २३ मंगलबार ११:०६:०० मा प्रकाशित

काठमाडौं । समुद्रमा ‘प्यासिफिक लिंकोड’ नाम गरेको माछाको मुखमा हात हाल्ने हिम्मत नगर्नुस् । अन्यथा हात गुमाउनुपर्ने छ । 

हजूर, यो यस्तो खतरनाक माछा हो, जसको मुखमा ५ सय वटा सुइजस्ता तिखा दाँत हुन्छन् । यही तिखा दाँतको सहारामा यो माछालो समुद्रका कडाभन्दा कडा जिवलाई पलभरमै चबाएर निल्नसक्छ । 

यो माछा बडा चलाख छ । यसले दाँतलाई तिखो बनाइरहन अनेक उपक्रम गरिरहन्छ । रोयल सोसाइटीको रिपोर्ट अनुसार लिंकोडको तिखो दाँतको रहष्य हरेक दित पलाउने नयाँ दाँतमा लुकेको छ । यो माछाको मुखमा हरेक दिन २० वटा नयाँ दाँत पलाउँछन्, जसले पुराना घिसिएका दाँतलाई विस्थापित गरिदिन्छन् । 

वाशिंगटन विश्वविद्यालयका अध्ययनकर्ताको रिपोर्ट अनुसार शार्क माछामा पनि दाँतका कयौं सेट हुन्छन्, जुन पुराना दाँतको स्थान लिइरहन्छन् । तर, शार्कको दाँत लिंकोड माछाभन्दा धेरै फरक हुन्छ ।

 

लिकोड एउटा उत्तम समुद्री खाना (सी–फूड ) हो । यसको २० प्रतिशत संख्या हरियो र निलो रंगको हुन्छ, जसको कारण अहिलेसम्म बैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । 
कारले कोहन र उनका मित्रहरुले २० दिनसम्म लिंकोडको दाँतको बृद्धिलाई लिएर यो अध्ययन गरेका हुन् । उनीहरुले माछालाई पहिला रातो रंगले भरिएको पानीको टयाँकीमा राखे, जसबाट तिनका दाँत राता राता भए । १० दिन अर्को टयांकीमा राखियो, र पुनः हरियो रंगले भरिएको टयाँकीमा राखे । पहिलो दिनबाटै यी माछामा भएका दाँत राता र हरिया भएका  थिए । तर, नयाँ पलाएका दाँत चाहिँ हरियो रंगका थिए । 

अध्ययनकर्ताहरुले लिंकोडको करीब १० हजार दाँतको विश्लेषण गरे । उनीहरुले के पाए भने माछा दाँत तिब्र गतिमा बदलीन्छन् र पलाउँछन् । 

अध्ययनमा सहभागि दक्षिण फ्लोरिडा विश्वविद्यालmयकी एमिली कारका अनुसार यो बडा अनौठो कुरा हो । यी माछामा दुइ प्रकारका बंगारा सेट हुँदारहेछन् । पहिलो मुखमा, जो शिकार समात्न र थिलोथिलो पार्न काम आउँछ । दोश्रो घाँटीमा, जहाँ भएका दाँत शिकार चपाउन र पेटसम्म पु¥याउन काम आउँछन् । भित्री बंगारामा भएका दाँत सबैभन्दा बढी बदलीरहन्छन् । 

यी माछाको दाँत र मान्छेको दाँतको विकास उस्तै उस्तै ढँगले हुने तथ्य पनि उजागर भएको छ । अर्थात जुन दाँत टुटछ, त्यसको ठाउँमा सोही प्रकारको नयाँ दाँत पलाउँछ । 


 

ताजा खबर