पुटिन र सीआईए निर्देशकबीच फोनवार्ता

२०७८ कार्तिक २२ सोमबार २२:५५:०० मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्ससँग टेलिफोन वार्तामा द्विपक्षीय सम्बन्ध र साइबर सुरक्षालगायत अन्य मुद्दाहरूमा छलफल गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार जानकारी दिएका छन् ।

सो अवसरमा दुवै पक्षले द्विपक्षीय तथा कूटनीतिक सम्बन्धमा देखा परेको सङ्कटको स्थिति र क्षेत्रीय द्वन्द्वका बारेमा विचार आदानप्रदान गरेको पेस्कोभलाई उदृत गर्दै संचारमाध्यमले बताएका छन् ।

पेस्कोभले पुटिन र बर्न्सले साइबर सुरक्षाका मुद्दाहरूलाई पनि सम्बोधन गरेको बताएका छन् । बर्न्सले रुसी राजधानीको आफ्नो भ्रमणका क्रममा मङ्गलबार मस्कोमा रुसी विदेशी गुप्तचर सेवाका निर्देशक सर्गेई नारिस्किनसँग भेट गरेको बताइएको छ ।

मङ्गलबार पनि, रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले मस्कोमा बर्न्ससँग “रूसी–अमेरिकी सम्बन्धमा छलफल“ गर्न वार्ता गरेका थिए ।

ताजा खबर