साहित्यकार लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित पुरस्कार पद्मश्रीबाट सम्मानित

२०७८ कार्तिक २२ सोमबार २०:३१:०० मा प्रकाशित

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित पुरस्कार पद्मश्रीबाट सम्मानित भएका छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनलाई सो पुरस्कारबाट सम्मानित गरेका हुन् । सोमबार दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति कोविन्दले साहित्यकार क्षेत्रीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

साहित्य र शिक्षा क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको राष्ट्रपति कार्यालयले ट्वीटरमार्फत जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले क्षेत्रीलाई नेपाली साहित्यको प्रसिद्ध लेखकको रुपमा चित्रित गर्दै उनी विभिन्न सामाजिक, शैक्षिक र सांस्कृति संघसंस्थामा सक्रिय रहेको उल्लेख गरेको छ ।

क्षेत्रीको बसाइँ नामक उपन्यास निकै चर्चित छ । बसाइँ उपन्यास नेपालको विश्वविद्यालय तहमा पनि पढाइ हुने गरेको छ । उनको जन्म विसं १९८९ मा भारतको गुहावटीमा भएको थियो । बसाइँ उपन्यास बाहेक उनका ब्रहमपुत्रको छेउछाउ, अतृप्त, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्तिलगायतका कृति प्रकाशित छन् ।

President Kovind presents Padma Shri to Shri Lil Bahadur Chettri for Literature and Education. He is an eminent writer of Nepali language. He is actively associated with several social, educational, literary and cultural organisations. pic.twitter.com/PjpEWraol2

— President of India (@rashtrapatibhvn) November 8, 2021

 

ताजा खबर